0
प्रतिक्रिया
पोखरा । पोखरामा एक वृद्धाको हत्या गरेको अभियोगमा आफ्नै नाति पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका वडा नं ३१ बेगनास गाउँकी ७२ वर्षीया दालकुमारी परियारको हत्या गरेको अभियोगमा उनकै नाति २१ वर्षीय आशिष परियारलाई पक्राउ परेका हुन् ।
आशिषले धारिलो हतियार प्रयोग गरी कुटपिट गर्दा दालकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आशिषलाई सीआरभी अमरसिंहबाट खटिएको प्रहरीले पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको हो ।
परियारले अत्यधिक लागूपदार्थ सेवन गर्ने र यसअघि पनि पटक-पटक कुटपिट गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।
सोही पारिवारिक विवादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.