माघ ०३, २०८२, शुक्रबार

श्रीकृष्ण प्रणामी बृद्ध तथा बालआश्रमलाई आश्रय नेपालको सहयोग


Advertisement Image
clock icon 3 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ को श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रम परमार्थ नगरका बालबालिकाका लागि आश्रय नेपालले न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेको छ । 

कार्यक्रममा महिला पर्यटन विकास समिति कास्कीकी अध्यक्ष ममता न्यौपानेले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरिन् ।

आश्रय अभियान नेपालकी अध्यक्ष गीता लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भटट्राई र लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे ।

अभियान सचिव कृष्णप्रसाद ढुङ्गानाले आश्रममा आश्रित १५ जना बालबालिकालाई न्यानो पोशाक र खाद्यान्न प्रदान गरेकामा आभार व्यक्त गरे ।

उनले आश्रमका १०८ स्वामी विष्णु वशिष्ठले आश्रित बालबालिकालाई गरेको सहयोगले उनीहरूको लक्ष्य र उद्देश्य हासिल गर्न सघाउ पुर्याउने अपेक्षा गरेका थिए । 

सचिव कृष्णप्रसाद ढुङ्गानाले विभिन्न समयमा यस्ता सहयोगका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । कोषाध्यक्ष रक्षा भण्डारीले स्वागत गरेकी थिइन् ।

Copyright © 2024 | All rights reserved.