0
प्रतिक्रिया
पोखरा। लायन्स लियो क्लब पोखरा फरक अभियानद्वारा आयोजित रक्तदान कार्यक्रम शनिबार पोखराको महेन्द्रपुलमा सम्पन्न भएको छ।
लियो क्लब पोखरा फरक अभियानका अध्यक्ष सागर आचार्यको जन्मदिनको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।
क्लब अध्यक्ष विजय खनालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ आइ पीआरओ इन चिफ ऋषि गिरी, डिष्ट्रिक्टको कोअर्डिनेटर दिलबहादुर थापा, डिपार्टमेन्ट चिफ मात्रिका पोखरेल, रिजन कोअर्डिनेटर हरिहर पराजुली, लियो डिस्ट्रिक्ट अध्यक्ष अभिषेक सुवेदी, लियो डिस्ट्रिक्ट उपाध्यक्ष अमोद नेपाल सहभागी थिए।
कार्यक्रममा स्वागत मन्तव्य क्लबका उपाध्यक्ष विवेक सापकोटाले गरेका थिए ।
रक्तदान कार्यक्रममा युवाहरू, नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। संकलित रगतले आकस्मिक उपचार तथा विभिन्न रोगका बिरामीहरूका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास आयोजक संस्थाले गरेको छ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने अतिथि, रक्तदाताहरू, तथा सहयोगीहरूप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
Copyright © 2024 | All rights reserved.