माघ ०३, २०८२, शुक्रबार

आज सुनको भाउ घट्दा चाँदीको बढ्यो


Advertisement Image
clock icon 3 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा साताको पहिलो दिन आइतबार पनि सुनको भाउ घट्दा चाँदीको ह्वात्तै बढेको छ ।

गत साताको शुक्रबारको तुलनामा आइतबाट सुनको भाउ तोलामा सय रुपैयाँ घट्दा चाँदीको सय रुपैयाँ नै बढेको छ ।

मूल्य घटेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार चार सय रुपैयाँ रहेको थियो । सुनको भाउ हालसम्मकै उच्च मंसिर २९ मा प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।

यता, गत शुक्रबार प्रतितोला चार हजार पाँच रुपैयाँमा कारोबार भएको असली चाँदी आइतबार बढेर चार हजार एक सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

Copyright © 2024 | All rights reserved.