0
प्रतिक्रिया
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय समितिको बैठकअघि कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताका हुन् ।
जेन-जी विद्रोहले उठाएका माग पूरा गर्नु अपरिहार्य भएको भन्दै उनले मुलुकमा सुशासन कायम गर्ने, जेन-जीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने रास्वपा सरकारसँगै रहेको स्पष्ट पारे ।
उनले जेन-जी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने स्पष्ट पार्दै निर्वाचन विथोल्नका लागि केही शक्ति सक्रिय रहेकाले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिए ।
उनले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्ति आफ्नो रोटी सेक्ने प्रयास गरिरहेको भन्दै वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
उनले सत्य कसैले डगमग्याउन नसक्ने भन्दै आफूमाथि हिलो छ्याप्दैमा कसैले हल्लाउन नसक्ने चेतावनी दिए ।
Copyright © 2024 | All rights reserved.