माघ ०३, २०८२, शुक्रबार

आनन्द ज्योति माविको भूतपूर्व विद्यार्थी मञ्चमा सुशिला


Advertisement Image
clock icon 3 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा महानगरपालिका वडा नं. ३१, बेगनासस्थित आनन्द ज्योति माध्यामिक विद्यालयको भूतपूर्व विद्यार्थी मञ्चको अध्यक्षमा सुशिला अधिकारी सिग्देल सर्वसम्मत निर्वाचित भएकी छिन् ।

शनिबार विद्यालय प्रांगणमा सम्पन्न संस्थाको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट मञ्चको उपाध्यक्षमा कृष्ण आचार्य, सचिवमा अर्जुन पौडेल र कोषाध्यक्षमा केशव तिवारी चयन भएका छन् । साथै, अन्य सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन भएको निर्वाचन कमिटीले जनाएको छ ।

भव्य रूपमा सम्पन्न अधिवेशन,प्रमुख अतिथि पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कडेलको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा सदस्यहरू देवेन्द्रराज अधिकारी र धनदेवी तिवारी, पूर्व सल्लाहकार तथा अक्षयकोष दाता पदमराज पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारी लगायतको उपस्थिति थियो ।

त्यस्तै, विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारी, प्लस टु संयोजक सत्यराज कडेल, पूर्व प्रधानाध्यापकहरू फणिन्द्र मोहन अधिकारी र शुक्रराज अधिकारी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । निर्वाचन प्रक्रिया निर्वाचन कमिटीका संयोजक चन्द्र बहादुर सुवेदी र सदस्य चिरञ्जीवी अधिकारीले सम्पन्न गराएका थिए ।

निवर्तमान अध्यक्षको भावुक बिदाई,कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष (२०८०–२०८२) विकास प्रसाद कडेलले आफ्नो दुई वर्षे कार्यकाल सदस्यहरूको एकता र सहयोगले गर्दा ‘दुई दिन जस्तै’ छोटो महसुस भएको बताए । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सचिव कृष्ण आचार्य र कोषाध्यक्ष अर्जुन पौडेल लगायत सम्पूर्ण कार्यसमितिलाई धन्यवाद दिए ।

कडेलले भने, “यहाँहरूको माया र साथप्रति म सधैं ऋणी रहनेछु । संस्थाका संस्थापक अध्यक्ष नवराज अधिकारी लगायत सम्पूर्ण सल्लाहकार र शुभचिन्तकहरूको मार्गदर्शनले यो कार्यकाल सुखद रह्यो ।”

उनले नवनिर्वाचित अध्यक्ष सुशिला अधिकारी सिग्देल नेतृत्वको टोलीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । उनले आफू पदबाट बिदा भए पनि संस्थाको हितमा सधैं सक्रिय रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, आजिवन सदस्यहरू तथा स्थानीय बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Copyright © 2024 | All rights reserved.