0
प्रतिक्रिया
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा सामान्य बदलाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका भूभागमा तापक्रम हल्का घट्ने क्रममा रहेकाले अबका दिनमा चिसो अझै बढ्नेछ।
महाशाखाका अनुसार आज दिउँसो देशभरिको मौसम आंशिक बदली रहनेछ।
यस्तै, रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा बादल लाग्ने भए पनि देशका अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ।
यातायात र स्वास्थ्यमा असर पर्न सक्ने बिहानको समयमा लाग्ने बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवनमा केही प्रभाव पर्न सक्नेछ।
विशेषगरी सडक तथा हवाई यातायात सेवा प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
साथै, बढ्दो चिसो र कुहिरोले स्वास्थ्यमा समेत असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
Copyright © 2024 | All rights reserved.