माघ ०३, २०८२, शुक्रबार

चिप्लेढुंगा-सिद्धार्थचोक व्यवसायी समितिले गर्यो सरसफाई


Advertisement Image
clock icon 3 weeks, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । चिप्लेढुंगा-सिद्धार्थचोक व्यवसायी समितिले आफ्नो स्थापना दिवसको अवसरमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमअन्तर्गत पोखरा-४ , ८ र ९ स्थित चिप्लेढुंगादेखि सिद्धार्थचोकसम्म सरसफाई गरिएको कार्यक्रम संयोजक जनकराज सुवेदीले जानकारी दिए ।

कार्यक्रमबाट संकलित दुई ट्रक फोहोर पोखरा नगरपालिकाको गाडीले उठाएको थियो ।

पोखरा महानगरपालिकाले पोखराको मुख्य बजार क्षेत्रभित्र फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसक्दा बटुवा र त्यस वरपर व्यपार गरेर बस्ने व्यापारीलाई असर परेकाले सरसफाई गरिएको सल्लाहकार मोती भुजेलले बताए । 

सोही अवसरमा पोखरा सुन्दर छ, सुन्दरतालाइ बचाई राख्न र फोहोरमैला व्यवस्थापन गर्नका लागि पनि यस्ता कार्यक्रम अतिआवश्यक रहेको समिति सचिव नवीन श्रेष्ठले बताए ।

चिप्लेढुंगादेखि सिद्धार्थचोकसम्मको क्षेत्रमा जथाभाबी फोहोरमैला फालेको भेटिएमा स्थानीय स्वयत्त शासन ऐन वमोजिम कार्वाही गरिनेछ भन्ने सूचना बोर्ड विभिन्न पाँच ठाउँमा राखिएको समिति उपाध्यक्ष लक्ष्मण न्यौपाने जानकारी दिए ।

पोखरा ट्रेड मलका व्यवसायी र चिप्लेढुंगा टोल सुधार समितिको सहयोगमा भएको कार्यक्रमको अध्यक्षता दुर्गा सुनारले गरेका थिए ।

कार्यक्रममा पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले भाषण भन्दा पनि काम गरेर देखाउन आग्रह गरे । उनले जथाभावी फोहोर फाल्नेलाई स्थानीय स्वयत्त शासन ऐन वमोजिम कार्वाही गरिने हुँदा सर्वसाधारण सबैलाई नगरपालिकाको फोहोर उठाउने गाडी आएपछिमात्र फोहोरमैला फाल्न अनुरोध समेत गरे ।

समितिले आफ्नो स्थापना कालदेखिनै विभिन्न सामाजिक कार्य गर्दै आएको सल्लाहकार डिबि भुजेलले बताए ।

यसैबीच समितिले मानव अधिकारचोकमा हुने विभिन्न समूहका विरोधका कार्यक्रमप्रति आपत्ति जनाउँदै आएको छ । चिप्लेढुंगा क्षेत्र पोखराकै मुटु र प्रमुख व्यापारिक केन्द्र भएकाले मानवअधिकारचोकमा दिनभरि कार्यक्रम गर्दा व्यापारीलाई निकै ठूलो मर्का पर्ने भन्दै समितिले आपत्ति जनाउँदै आएको छ।

यो क्षेत्रमा कार्यक्रम गर्न प्रशासन र नगरपालिकाले नै रोक लगाएको भए पनि बेवास्ता हुँदै आएको छ । समितिले केही दिनअघि नेपाली कम्युनिष्ट पार्टीले आयोजना गरेको सभाको पनि विरोध गरेको थियो । 

Copyright © 2024 | All rights reserved.