0
प्रतिक्रिया
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ पुस ९ गते बुधबार, इस्वीसंवत डिसेम्बर २४ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको चतुर्थी तिथि बिहानमा ११ः०१ बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ । नक्षत्रमा धनिष्ठा भोलि बिहानमा ६ः२६ बजेसम्म त्यसपछि शतभिषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा हर्षण २१ घटि ०६ पलासम्म त्यसपछि वरियान योग लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा मित्र रहनेछ ।
सूर्य धनु राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः५४ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः१३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ९ः५७ बजे र अस्ताउने समय साँझमा ९ः०८ बजे रहेको छ ।
आजको राशिफल
मेषः आजको दिन साँझसम्म ग्रहगोचरलाई समान्य फलिफापप्रद नै मान्नुपर्छ । अल्लि बढी ईच्छा गरेको तथा जोड्गरेको काम भने पूरा नहुने हो कि भन्ने आशंका देखिएको छ । बोलीवचन तथा अन्य तयारीको मूल्याङ्कन नमिल्दा निराशा पनि बढ्न सक्ने छ । तथापि साँझपछि शारीरिक एवं मानसिक स्फुर्ति बढ्ने छ । रपनि काम कार्यमा अल्लि बढी मेहनत बढाउनु नै पर्नेछ । रोकिएर रहेका कार्यहरू अघि बढाउन सकिने छ । व्यवसायले पनि फट्को मार्ने र मानसिक शान्ति मिल्नेछ ।
वृषः आजको दिन व्यवसायिक कार्यको विकास हुने तथा आर्थिक लाभको संयोग जुट्ने छ । प्राकृतिक रमाइलोपनको वातावरणको संसर्ग मिल्नेछ । अनुकूलताको महसूस हुनाले उमंग एवं उत्साह बढ्नेछ । कार्य योजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्न सक्ने छ । अवसरको सदुपयोग गर्न जाने बोलीवचन एवं प्रवचन-भाषण आदिमा वाणीको ओजस्वीता बढ्न सक्ने छ ।
मिथुनः आजको दिन संघर्षकर छ । आयभन्दा खर्चको मात्रा बढी हुने र समस्या थपिने तथा गर्न लागेको कामकार्यमा अबरोध सृजना हुनेक्रम रहनसक्ने छ । सानो काम पनि अल्लि ठूलै परिश्रमले मात्रै सम्पादन हुनसक्नेछ देखिन्छ । कहीँकतैबाट हुने अवमूल्यन जस्तो व्यवहारको पनि सामना गर्न पर्नसक्छ । विचलित नभई स्वकर्म तथा कर्तव्यमा रहनाले साँझबाट परिस्थितिमा सुधार आई समस्याहरू सुल्झिन थाल्नेछन् ।
कर्कटः आजको दिन साँझसम्म लाभकर तथा ठिकै उपलब्धिमूलक रहने छ । विशेष कामलाई समय दिनु उपयुक्त हुनेछ । स्वजनबाट साथ सहयोग मिल्ने र व्यवसायमा स्तरोन्नति हुनेछ । प्रतिस्पर्धाजन्य काममा पनि विजयी भइनसक्ने छ । सामाजिक प्रतिष्ठा बढ्ने तथा प्रशंसा पाइने छ । साँझबाट भने क्रमशः केही संघर्ष पर्ने देखिएको छ । खर्च बढाउने ग्रहयोग परेकोले बुद्धिमतापूर्वक धैर्य र संयम धारण्का गर्नसके मात्रै खतिक्षति हुनबाट बच्न सकिनेछ । विचार पुर्याएर आफ्नो कार्यमा लगनशील रहनसकेमा भने डराइहाल्न पर्नेछैन ।
सिंहः आजको दिन ईज्जत प्रतिष्ठा एवं प्रख्याति बढ्ने देखिएको छ । पेशा एवं व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको पक्षबाट पनि सन्तोष प्राप्त हुने र अधुरा रहेका कामहरूलाई पूरा गर्न कसकिने छ । प्रेम वा विवाह प्रस्ताव आउन सक्ने पनि सम्भावना छ । महत्वपूर्ण कार्यमा आउन सक्ने बाधा निवारणको लागि भगवान सूर्यनारायणको भक्तिदर्शन गर्नु उपयुक्त हुनेछ ।
कन्याः आजका दिनमा धर्मकर्म सम्पादन हुने र कर्मक्षेत्रको पनि उन्नति हुने खालको छ तर पनि अपेक्षित उपलब्धि प्राप्त गर्न ग्रहले अबरोध सृजना गरेको देखिन्छ । सामान्यतया दैनिक एवं व्यवहारिक कामकार्य चल्ने नै छन् । विद्वान एवं मान्यपक्षबाट अदृश्य रोकावट आउन सक्ने छ । मनोबललाई उच्च नै राख्नु उपयुक्त हुनेछ । प्रेमसम्बन्धले उचाइ लिनेछ भने विवाह प्रस्तावले प्रसय पाउने छ ।
तुलाः आजको दिन अपराह्नसम्म प्रतिकूल रहनेछ । अपरान्हपछि समय केही सहज हुने ग्रहगोचर रहेको छ । शुरुमा मिथ्या लाञ्छना तथा अबरोध वा केही संघर्षजन्य स्थिति रहन सक्ने छ । क्रमशः बाधाकष्ट हट्न गई परिस्थितिमा सुधार आउनेछ । धार्मिक विचार र भावुकता बढ्ने छ भने काम कार्य तथा व्यवहारमा राहतको महसूस हुनेछ । व्यवसायिक क्षेत्रबाट लाभ मिल्ने छ । आज टाढाबाट धन प्राप्त हुनेछ । बन्धुबान्धबबाट पनि सहयोग मिल्ने छ ।
वृश्चिकः आजको दिन त्यति सहज सोँचिहाल्न पनि मिल्ने छैन र डराइहाल्न पनि पर्नेछैन । स्वास्थ्यमा समस्या हुनसक्ने र कार्यक्षेत्रमा झमेला आइलाग्न सक्ने सम्भावना भने रहेको छ । धैर्य एवम् सहनशिलतालाई नै प्रमुखता दिनु उचित हुनेछ । सदाचार एवं लगनशीलताले संघर्षको बाबजुतपनि कार्यमा आंशिक लाभ गर्नसकिने छ । नचिताएको मान्छेबाट केही साथ सहयोग भई राहत मिल्नेछ । बोलीचाली एवं जनव्यवहारको क्षेत्रमा निस्काम सिद्धान्तले कुशलता निर्वाह गर्न अभ्यास गर्नु बुद्धिमानी हुनेछ ।
धनुः आजको दिन जोशिलो रहनेछ । थातिरहेको काम पूरा गर्ने मौका मिल्ने छ भने कार्य पूरा गर्न स्वजनबाट सहयोग पनि मिल्ने छ । प्रतिस्पर्धामा विजय भइने र व्यापार एवं व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँट साहसले गर्ने काम सम्पादन गर्न सकिने छ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । मध्यान्हबाट क्रमशः प्रमोदीचर्या बढ्ने तथा दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ ।
मकरः आजको दिन अल्लि घमण्ड पनि बढ्ने होकि भन्ने सम्भावना छ । त्यसलाई संयम गर्नसकेको खण्डमा विद्या बुद्धि बढ्ने, ज्ञानीजनहरूसँग भेट्घाट हुने र मनमा पनि विद्वतताको विचार स्फुरण भइरहने छ । अध्यापक एवं प्रवचकहरूमा ज्ञानवृतिले मान्छेहरूलाई आकर्षण गर्ने शक्ति बढ्ने छ । सन्तान क्षेत्रबाट पनि सन्तोष मिल्नेछ । सैद्धान्तिक एवं नीतिगत क्षेत्रमा पनि प्रगति हुने र मान्छेहरूले तारिफ गर्ने छन् । साँझपछि आँटसाहस आरोग्यता बढ्ने छ । अल्लि बढी ईच्छाएको काममा केही अड्चन आउन सक्ने छ ।
कुम्भः आजको दिन साँझसम्म बोली व्यवहारमा सावधानी अप्नाउनु पर्ने जरुरी देखिन्छ । अत्यावश्यक विषयमा मात्रै जोड गर्नुहोला । मध्यान्हबाट क्रमशः ग्रहगोचरको स्थितिमा सुधार आउने र विद्याबुद्धिमा प्रगति हुनेछ । आज निस्कने निस्कर्ष पनि उपयुक्त निस्कने देखिन्छ । विद्यार्थी वर्गको लागि थप फाइदाकर हुने दिन छ । छोराछोरीको बाटोबाट पनि सहयोग र सन्तुष्टि लिन सकिने छ । टाढाको यात्रा र खानपानमा सावधान रहनुहोला ।
मीनः आजको दिन साँझसम्म गोचरग्रह अनुकूल छ । कर्मक्षेत्रमा राम्रै सफलता हातलाग्ने छ । शारीरिक जोश जाँगर एवं पौरख बढ्ने छ । काममा मनग्य रुचि पनि लाग्नेछ । मुख्य तथा अपरिहार्य कार्यलाई पूर्णता दिन सकिने छ । साँझबाट भने क्रमशः जनव्यवहारमा तपार्इँको भूमिकाको तालमेल नमिल्न पनि सक्नेछ तसर्थ सावधानी अप्नाउन जरुरी हुनेछ । केही संघर्षको अनुभूति हुन सक्ने भएकोले हतारमा भन्दा धैर्य र बुद्धिमानीपूर्वक व्यवहार गर्नुपर्ला ।
साहित (यात्रा): सूर्य धनु राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले दक्षिण र पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः४८ बजेदेखि ८ः०६ बजेसम्म लाभ बेला
बिहान ८ः०६ बजेदेखि ९ः२४ बजेसम्म अमृत बेला
बिहान ९ः२४ बजेदेखि १०ः४२ बजेसम्म काल बेला
बिहान १०ः४२ बजेदेखि १२ः०० बजेसम्म शुभ बेला
बिहानमा १२ः०० बजेदेखि १ः१८ बजेसम्म रोग बेला
दिनमा १ः१८ बजेदेखि २ः३६ बजेसम्म उद्धेग बेला
दिनमा २ः३६ बजेदेखि ३ः५४ बजेसम्म चर बेला
दिनमा ३ः५४ बजेदेखि ५ः१२ बजेसम्म लाभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः१२ बजेदेखि ६ः५४ बजेसम्म अमृत बेला
साँझ ६ः५४ बजेदेखि ८ः३६ बजेसम्म काल बेला
राति ८ः३६ बजेदेखि १०ः१९ बजेसम्म शुभ बेला
राति १०ः१९ बजेदेखि १२ः०१ बजेसम्म रोग बेला
राति १२ः०१ बजेदेखि १ः४३ बजेसम्म उद्धेग बेला
राति १ः४३ बजेदेखि ३ः२५ बजेसम्म चर बेला
रातिमा ३ः२५ बजेदेखि ५ः०७ बजेसम्म लाभ बेला
रातिमा ५ः०७ बजेदेखि ०६ः४९ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
Copyright © 2024 | All rights reserved.