माघ ०३, २०८२, शुक्रबार

आठौँ बागलुङ महोत्सव शुक्रबारदेखि, चन्द्र ढकालले उद्घाटन गर्ने


Advertisement Image
clock icon 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघद्वारा आयोजित आठौँ बागलुङ महोत्सव शुक्रबारदेखि शुरू हुँदैछ । महोत्वको सबै तयारी पूरा भएको जनाएको छ ।

महोत्सव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने शाक्यले जानकारी दिए।

जिल्लाकै ठूलो मेलाका रुपमा रहेको महोत्सवलाई भव्य बनाउन आयोजकले तीब्र ढंगले अघि बढेको बताएको छ । महोत्सवका अवसरमा बागलुङ बजार ध्वजा-पतका र महोत्सव को व्यानरले सिघाँरिएको छ ।

बागलुङ नगरपालिका-१ रामरेखा त बाङ्गेचौर खेल मैदानमा हुने यस महोत्सवलाई आकर्षक बनाउनका लागि कलात्मक र रचनात्मक ढंगले काम भइरहेको छ ।

महोत्सवमा रहेका दुई भन्दा बढी स्टल बुकिङ भइसकेका छन् ।

महोत्सवमा सुन्तलाको विषेश प्रदर्शनी र बागलुङमा उत्पादन भएका स्थानीय सामग्रीको विशेष स्टल राखिने छ।

कृषि, घरेलु तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकताका दिँदै कृषिको हकमा निःशुल्क स्टल दिइने संघका अध्यक्ष राजकुमार शाक्यले बताए।

महोत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

पुरुषतर्फ गण्डकी प्रदेशका पालिका स्तरीय खेल हुनेछन् । अहिलेसम्म १० टिमले दर्ता गरेर खेलका लागि तयारी गरेको खेल संयोजक प्रकाश थापाले जानकारी दिए ।

महिला भलिबलतर्फ हुने गण्डकी प्रदेश स्तरीय खेलमा अहिलेसम्म सात टिम सहभागी बन्ने जनाइएको छ ।

पुस १६ गते गण्डकी प्रदेशका पर्यटनमन्त्रीको उपस्थितिमा बागलुङ पर्यटनसम्बन्धी चर्चा हुने र फोटो प्रदर्शन पनि हुने संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिए।

महोत्सवमा विभिन्न विधामा ख्यातिप्राप्त कलाकारको विशेष प्रस्तुति रहनुका अतिरिक्त टिकटक च्यालेन्ज, हेलिकप्टरबाट दृश्यालोकन नृत्य तथा कथा वाचन प्रतियोगिता जस्ता नव-प्रवर्दनात्मक कार्यक्रम पनि समावेश गरिएको संघका पूर्वअध्यक्ष तथा महोत्सवका प्रेस संयोजक नरेश क‌ंडेलले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.