माघ ०३, २०८२, शुक्रबार

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने


Advertisement Image
clock icon 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।

कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्रीसमेत रहेका लेखकले बयान दिन जाने बताएका हुन् ।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु । १४ गते सोमबार म जान्छु ।’

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो ।

Copyright © 2024 | All rights reserved.