माघ ०३, २०८२, शुक्रबार

आज कस्तो रहला देशभरको मौसम ?


Advertisement Image
clock icon 2 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईसहित देशका विभिन्न भूभागको मौसममा बदलाब आएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराई, कोशी र मधेस प्रदेशमा आंशिक बदली हुनुका साथै तराईका धेरै स्थानमा बाक्लो हुस्सु लागेको छ।

दिउँसो र रातिको मौसमको अवस्था आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु रहने सम्भावना छ।

विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा बिहान केही समय र बाँकी तराईका भूभागमा मध्याह्नसम्म कुहिरो लाग्ने महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने आंशिक बदली रहनेछ।

आज राति पनि तराईका धेरै ठाउँमा हुस्सु लाग्ने क्रम जारी रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत पहाडी तथा हिमाली क्षेत्रको मौसम आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

यातायात र स्वास्थ्यमा सावधानी अपनाउन आग्रह तराईमा लाग्ने बाक्लो हुस्सु र कुहिरोका कारण पारदर्शिता कम हुने भएकाले सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ।

महाशाखाले चिसो र हुस्सुका कारण दैनिक जनजीवन र स्वास्थ्यमा पर्न सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

Copyright © 2024 | All rights reserved.