माघ ०३, २०८२, शुक्रबार

पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न


Advertisement Image
clock icon 2 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा आयोजित १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा ८ स्वर्ण, ६ रजत र ३ कांस्य गरी कुल १७ पदक सहित राम बजार स्थित कालिका मावि च्याम्पियन बनेको छ । द्धितिय भएको शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ कांस्य सहित कुल १५ पदक जितेको छ ।

यस्तै तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत र ८ कांस्य गरेर कुल १४ पदक हात पारेको छ ।

समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गरेका छन् ।

प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी ६ वटा विधा समावेश गरिएको थियो ।

विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रकाशकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष गोदार, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, शिक्षा अधिकृत सोमनाथ भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए।

Copyright © 2024 | All rights reserved.