माघ ०३, २०८२, शुक्रबार

सुनचाँदीको भाउ हालसम्मकै उच्च


Advertisement Image
clock icon 2 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लाग्नेक्रम जारी छ ।

सुनको भाउ गत शुक्रबारको तुलनामा साताको पहिलो दिन आइतबार तोलामा एक हजार तीन सय र चाँदी दुई सय ७० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको यो भाउ हालसम्मकै उच्च हो ।

यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, शुक्रबारको तुलनामा भाउ ह्वात्तै बढेर असली चाँदी प्रतितोला चार हजार आठ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

चाँदीको यो भाउ पनि हालसम्मकै सर्वाधिक हो ।

यसअघि शुक्रबार चाँदी प्रतितोला चार हजार पाँच सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2024 | All rights reserved.