माघ ०३, २०८२, शुक्रबार

मुलुक निर्वाचनतर्फ अघि बढेको मन्त्री खरेलको दाबी


Advertisement Image
clock icon 2 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् ।

आइतबार पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका उनले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा निर्वाचनमा जाने सहमति भएको बताए ।

उनले भने,‘पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेन-जी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ, मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ ।’

उनले थपे, सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा होमिएका छन्, समानुपातिकतर्फका उम्मेद्वारको बन्द सूची बुझाउँदैछन्, मुलुक निर्वाचनमा अघि बढिसकेको छ ।’

उनले नयाँ दलहरूबीच भएको एकता र सहकार्यले पनि निर्वाचनको माहोल सिर्जना गरेको बताए ।

मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढ्ने बताए ।

उनले नयाँ पुस्ताले उठाएको माग बमोजिम निर्वाचनपछि बन्ने सरकारले मुलुकलाई अगाडि बढाउने विश्वास व्यक्त गर्दै जेन-जी आन्दोलनको मर्म र भावना अनुसार सुशासन कायम हुने र भ्रष्टाचार अन्त्य हुने दाबी गरे ।

उनले मिडियाको विषयवस्तु बलियो हुनुपर्ने, प्रस्तुतिमा सिर्जनात्मक, प्रविधिमैत्रीका साथै समाचारको सहज पहुँच हुनुपर्ने आवश्यकता औँल्याए ।

Copyright © 2024 | All rights reserved.