0
प्रतिक्रिया
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ पुस १७ गते बिहीबार, इस्वीसंवत जनवरी १ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको त्रयोदशी तिथि रातिमा ८ः३९ बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ । नक्षत्रमा रोहिणी रातिमा ९ः४६ बजेसम्म त्यसपछि मृगशिरा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शुभ २३ घटि ४९ पलासम्म त्यसपछि शुक्ल योग लाग्नेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा उत्पात रहनेछ ।
सूर्य धनु राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान २५ घटि ५५ पला अर्थात १० घण्टा २४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः५७ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः१८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा २ः५८ बजे र अस्ताउने समय रातिमा ४ः३२ बजे रहेको छ । आज प्रदोष व्रत गर्ने दिन रहेको छ । साथै अंग्रेजी नयाँ वर्ष २०२६ पनि आजै प्रारम्भ हुँदैछ भने राष्ट्रिय पोशाक दिवस पनि आजै परेको छ ।
आजको राशिफल
मेषः आजका दिन सुखद् रहनेछ । कार्य उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहनेछ । मित्र सुख मिल्नेछ । शत्रु पक्ष दुर्वल देखिन्छन् । नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । पारिवारिक सुख मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । प्रेममा पारख बढ्नेछ । आय आर्जनका स्रोत बढ्नुका साथै सन्तति सुख पनि प्राप्त हुने देखिन्छ । विद्या एवं स्वास्थ्यको क्षेत्र सबल रहनेछ ।
बृषः आजको दिन फलदायी रहनेछ । शत्रुपक्ष सबल रहनेछन् । कार्यक्षेत्रमा पनि केही संघर्ष गर्नुपर्ने देखिन्छ । व्यवसायिक दृष्टिले लाभदायी रहनेछ । धातुजन्य वस्तु लाभदायी रहनेछन् । विद्याको क्षेत्र सफल रहनेछ । कला सृजनाका साथै अध्ययनमा विशेष संलग्नता रहनेछ । वाक्कलामा वृद्धि देखिन्छ । धातुजन्य वस्तु आजको दिन लाभदायी रहनेछन् । आफन्तजनबाट पनि साथ सहयोग मिल्नेछ । स्वास्थ्यमा भने सजगता अपनाउनु उपयुक्त हुने देखिन्छ । तर दिनमा १ बजपछिको समय भरपर्दो रहनेछैन, जे काम गर्दा पनि सतर्क हुनुपर्नेछ ।
मिथुनः आजको दिन उन्नतिदायी रहनेछ । विशेष यात्राका योग देखिन्छन् । वृत्ति लाभका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त रहनेछ । भौतक वस्तु लाभदायी रहनेछन् । गृह सुख मिल्नुका साथै धार्मिक कार्यमा अधिक संलग्नता रहनेछ । आध्यात्मिक दृष्टिले पनि आज सुखद् देखिन्छ । प्राज्ञिक कार्यमा रुचि जाग्नेछ । तर शत्रु पक्ष भने आजको दिन सक्रिय रहन सक्नेछन् । कार्यमा सजग रहनु नै उचित हुनेछ । खानपानमा पनि निकै सतर्क हुँदा राम्रो हुनेछ ।
कर्कटः आजको दिन मिश्रित रहनेछ । कार्यक्षेत्रमा संघर्षका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । सामाजिक कार्यमा रुचि रहनेछ । बोलिको विशेष प्रभाव रहनुका साथै राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सफलताका साथै कला साहित्यमा विशेष आकर्षण रहने देखिन्छ । पारिवारिक सुख मिल्नेछ । स्वास्थ्यमा भने सजग रहनु नै उचित रहनेछ । तर आज यात्रा र कारोबार गर्दा उपयुक्त समयको ख्याल गर्नुपर्नेछ ।
सिंहः आजको दिन सुखद् रहनेछ । आर्थिक उन्नतिका सथै कार्यक्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । आर्थिक वृद्धिका परिसूचकहरू देखा पर्नेछन् । अध्ययन अध्यापनको क्षेत्र फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि जाग्नेछ । पारिवारिक सुख मिल्नुका साथै सन्ततिप्रेम बढ्नेछ । प्रेम जीवन पारखिलो रहनेछ । सम्बन्धमा पनि प्रगाढता थपिनेछ । जलीय वस्तुबाट विशेष लाभ रहने समय रहेको छ ।
कन्याः आजको दिन उल्लेख्य रहनेछ । कर्म प्राप्तिका योग देखिन्छन् । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै नयाँ कार्य योजनमा मन अग्रसर रहनेछ । विद्याको क्षेत्र पनि आजको दिन उन्नत रहनेछ । शत्रु निर्वल रहनेछन् । कीर्ति वृद्धि हुनुका साथै कार्योन्नतिका योग पनि देखिन्छन् । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । धार्मिक आध्यात्मिक क्षेत्र पनि सफल नै देखिन्छ ।
तुलाः आजको दिन फलदायी रहनेछ । कार्यक्षत्रेमा संघर्ष गर्नुपरे पनि प्रतिफल सुखद् रहनेछ । आर्थिक पक्ष सबल देखिन्छ । वाक् क्षेत्रमा भने संयम अपनाउनु नै उचित हुनेछ । शत्रु पक्षको सक्रियताले कार्यमा अधिक समय खर्चिनुपर्ने देखिन्छ । कला साहित्यको क्षेत्र उत्तम रहनेछ । कलाका क्षेत्रमा विशेष रुचि जाग्नेछ । यात्राका अवसर पनि मिल्नेछन् । आफन्तजनबाट पनि विशेष लाभ हुने देखिन्छ । सामाजिक कार्यमा मन अभिप्रेरित रहनेछ ।
वृश्चिकः आजको दिन मिश्रित फलदायी रहनेछ । आफन्तजनबाट साथ सहयोग प्राप्त हुनेछ । प्राज्ञिक क्षेत्र आजको दिन लाभदायी रहनेछ । बौद्धिक कार्यमा संलग्नता रहनुका साथै कला सृजनामा पनि सफलता मिल्नेछ । सन्तान सुख मिल्नुका साथै उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ । कार्यक्षेत्रमा अधिक संलग्नता रहने देखिन्छ । भौतिक वस्तु मध्यम फलदायी रहनेछन् । शत्रु पक्ष सबल रहनुका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।
धनुः आजको दिनमा यात्रादायी रहनेछ । कार्य प्राप्तिका साथै आर्थिक उन्नतिका योग पनि देखिन्छन् । भौतिक वस्तु लाभदायी रहनेछन् । व्यापार व्यवसायमा वृद्धिका साथै जलीय वस्तु विशेष लाभदायी रहनेछन् । राजनीतिक क्षेत्र पनि आज उन्नत नै रहनेछ । बोलीमा ओज बढ्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम देखिन्छ । जलीय वस्तुबाट सजग रहनु उचित हुनेछ । धार्मिक कार्यमा पनि चाख बढ्नेछ । तर आज सकेसम्म टाढाको यात्रा र आर्थिक लेनदेन नगर्दा राम्रो हुने योग रहेको छ ।
मकरः आजको दिन फलदायी रहनेछ । बौद्धिक कार्यमा रुचि जाग्नेछ । व्यापार बढ्नुका साथै व्यवसायबाट पनि लाभ हुने देखिन्छ । वाक्कलामा वृद्धि हुनेछ । शत्रु पक्ष निस्तेज रहनेछन् । मित्रजनबाट साथ सहयोग मिल्नुका साथै नयाँ कार्यमा संलग्नता रहनेछ । आफन्त एवं परिवारजनबाट साथ सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्र फलदायी रहनेछ । कला साहित्यमा पनि संलग्नता रहनेछ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।
कुम्भः आजको दिन मिश्रित फलदायी रहनेछ । धनको क्षेत्र सबल देखिन्छ । पराक्रम बढ्नुका कार्य प्राप्तिका योग देखिन्छन् । मित्रजनको साथ सहयोग मिल्नुका साथै उल्लेख्य कार्य सम्पादन हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्ने देखिन्छ । पे्रम जीवन मध्यम फलदायी रहनेछ । तर शत्रु पक्षको प्रभावले कार्यमा विलम्ब गराउन सक्नेछ । स्वास्थ्यमा पनि सजग रहनु उचित हुनेछ । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरू हावी हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरू सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनेछन् ।
मीनः आजको दिन फलदायी रहनेछ । कार्यक्षेत्रमा संघर्ष गर्नुपरे पनि परिणाम सुखद् नै रहने देखिन्छ । आर्थिक क्षेत्र मध्यम फलदायी रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै कार्य क्षेत्रमा सफलता हात पर्ने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । मित्र सुख मिल्नुका साथै प्रेममा पनि पारख बढ्नेछ । शत्रु पक्ष भने सबल रहन सक्नेछन् । स्वास्थ्यको क्षेत्र पनि आजको दिन मध्यम फलदायी रहनेछ । शीतजन्य वस्तुबाट सजग रहनु नै उचित हुनेछ ।
साहित (यात्रा): सूर्य धनु राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, पश्चिम र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः५१ बजेदेखि ८ः०९ बजेसम्म शुभ बेला
बिहान ८ः०९ बजेदेखि ९ः२७ बजेसम्म रोग बेला
बिहान ९ः२७ बजेदेखि १०ः४५ बजेसम्म उद्धेग बेला
बिहान १०ः४५ बजेदेखि १२ः०३ बजेसम्म चर बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः२१ बजेसम्म लाभ बेला
दिनमा १ः२१ बजेदेखि २ः३९ बजेसम्म अमृत बेला
दिनमा २ः३९ बजेदेखि ३ः५७ बजेसम्म काल बेला
दिनमा ३ः५७ बजेदेखि ५ः१५ बजेसम्म शुभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः१५ बजेदेखि ६ः५७ बजेसम्म रोग बेला
साँझ ६ः५७ बजेदेखि ८ः३९ बजेसम्म उद्धेग बेला
राति ८ः३९ बजेदेखि १०ः२२ बजेसम्म चर बेला
राति १०ः२२ बजेदेखि १२ः०४ बजेसम्म लाभ बेला
राति १२ः०४ बजेदेखि १ः४६ बजेसम्म अमृत बेला
राति १ः४६ बजेदेखि ३ः२८ बजेसम्म काल बेला
रातिमा ३ः२८ बजेदेखि ५ः१० बजेसम्म शुभ बेला
रातिमा ५ः१० बजेदेखि ०६ः५२ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
Copyright © 2024 | All rights reserved.