0
प्रतिक्रिया
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर घटेको छ ।
आइतबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसपछि निरन्तर घटेर बिहीबार दुई लाख ५९ हजार छ सय रुपैयाँ कायम भएको छ।
सुनको भाउ सोमबार प्रतितोला दुई लाख ७० हजार, मंगलबार दुई लाख ६२ हजार एक सय र बुधबार दुई लाख ६१ हजार रुपैयाँ रहेको हो ।
बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यता सोमबार हालसम्मकै उच्च प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँ पुगेको असली चाँदीको भाउ त्यसपछि निरन्तर घट्दै चार हजार चार सय १५ रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ मंगलबार प्रतितोला चार हजार पाँच सय ९० र बुधबार चार हजार चार सय ७० रुपैयाँ रहेको थियो ।
Copyright © 2024 | All rights reserved.