माघ ०३, २०८२, शुक्रबार

लौकहीमा गोली लागेर एकको मृत्यु भएपछि स्थिति तनावग्रस्त


Advertisement Image
clock icon 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

सुनसरी । सुनसरीको कोशी गाउँपालिका वडा नं १ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सिटी सफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका विजय साहको मृत्यु भएको हो ।

उक्त घटना गएराति भएको हो । राति ०१:१० बजे जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं १ यादव टोल चेक प्वाइन्टमा बीओपी लौकही सुनसरीबाट सहायक प्रहरी हबल्दारको कमाण्डमा खटिएको चार जनाको चेक प्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै  गरेका दुई ओटा अटो सिटी सफारीलाई चेकजाचँ गर्न खोज्दा अटोमा सवार ब्यक्तिले दुई राउण्ड गोली फायर गरी भगाउन खोज्दा सप्रहले बोकेको एसएलआरबाट ५ राउण्ड (७.६२ एमएम) जवाफी गोली फायर गर्दा सिटी चालक लौकही बस्ने साहको घटनास्थलमै मृत्यु भएको हो ।

शवसहित अटो घटनास्थलमा रहेको र अन्दाजी एक सय २० जनाको संख्यामा स्थानीय भेला जम्मा भएका थिए ।

उक्त  स्थानमा  नं ४ गणबाट सप्रनाउको कमाण्डमा  र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

बिहान ०८:३५ बजे अन्दाजी एक सय ६० जनाको संख्यामा भीड घटनास्थलबाट बीओपीको मेनगेटमा आई ढुङ्गामुढा गर्दा बीओपीमा रहेको सप्रनिको रिजर्भ टोलीले दुई सेल ग्याँस फायर गरी तितरबितर गराएको थियो ।

बिहान ०९:३५ बजे शवलाई घटनास्थलबाट पिकअप गाडीमा राखी लौकही चोकमा पुर्‍याई अन्दाजी सात सय जनाको संख्यामा भेला जम्मा भई पूर्व पश्चिम लोकमार्ग पूर्ण रुपमा बन्द गरेका छन् ।

प्रारम्भिक रिपोर्ट अनुसार गोली सशस्त्र प्रहरीकाबाट चलेको आशंका गरिएको छ। प्रहरीले घटनास्थलको नियन्त्रण कायम गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ।

Copyright © 2024 | All rights reserved.