0
प्रतिक्रिया
काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई हजार नौ सय र चाँदीको एक सय १० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला दुई लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर दुई लाख ६२ हजार पाँच सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनको भाउ हालसम्मकै उच्च गत आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो ।
यता, बिहीबार प्रतितोला चार हजार चार सय १५ रुपैयाँ कायम भएको असली चाँदीको भाउ शुक्रबार बढेर चार हजार पाँच सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको भाउ हालसम्मकै उच्च गत सोमबार प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँ पुगेको थियो ।
Copyright © 2024 | All rights reserved.