0
प्रतिक्रिया
पोखरा । पोखरामा विद्युत वितरण हुने फिडरमा समस्या आएपछि कुँडहर सवस्टेशनको बसबार कार्य स्थगित भएको छ। शुक्रबार बिहान भने पाँच घण्टा विद्युत काटिएको थियो ।
नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय पोखरा वितरण केन्द्रले शुक्रबार दिउँसो सूचना जारी गरी हाललाई सो कार्य स्थगित गरेको जनाएको छ ।
कुँडहरस्थित १३२ केभी सवस्टेशनमा बसबार गरी सटडाउन गरिएको लाइन संचालन गर्ने क्रममा अत्याधिक लोडका कारण समस्या उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।
प्रतिकुल मौसमका कारण अत्याधिक लोड वृद्धि भई सम्पूर्ण ११ केभी फिडरमा समस्या उत्पन्न भएको र पावर ट्रान्सफर पनि ओभरलोड भई ट्रिप भएको प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।
पोखरा वितरण केन्द्र प्रमुख जितेन्द्र यादव मौसम अनुकुल भएपछि मात्रै सो कार्य शुरू गर्ने गरी हालका लागि स्थगित गरिएको ले जानकारी दिए ।
पछिल्लो समय पोखरामा ग्राहक संख्या बढेसँगै विद्युत खपत र माग पनि बढेकाले अपग्रेडका लागि मर्मत गर्न भनि प्राधिकरणले शुक्रबारदेखि २० गतेसम्म बिहान ६ देखि ११ बजेसम्म विद्युत कटौती गर्ने जनाएको थियो ।
प्राधिकरणले सूचनामार्फत ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमासमेत मागेको छ ।
Copyright © 2024 | All rights reserved.