माघ ०३, २०८२, शुक्रबार

पोखराको लौरुक खोलामा मोटरेवल पुल बन्ने


Advertisement Image
clock icon 1 week, 5 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं.२४ स्थित लौरुक खोलामा मोटरेवल पुल शिलान्यास गरिएको छ । उक्त पुलको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिवार शिलान्यास गरेका हुन् ।

पुल शिलान्यास गर्दै नगर प्रमुख आचार्यले लौरुक खोलामा पुल नहुँदा निकै सास्ती खेपिरहेका त्यस क्षेत्रका नागरिकहरूलाई पुन निर्माण पश्चात् आवागमनमा सहज हुने विश्वास व्यक्त गरे ।

महानगरको वडा नं.२४, २३, १८ तथा अन्नपूर्ण गाउँपालिकाका बासिन्दाहरूलाई समेत पोखराको मुख्य बजारसम्म आउन जानका लागि बाह्रै महिना सजिलो हुने उनले बताए । 

पोखरा महानगरपालिकाबाट स्रोतको व्यवस्थापनमा कुनै कमजोरी नहुने भन्दै निर्धारित समयमा नै निर्माण सम्पन्न गर्न नगर प्रमुख आचार्यले निर्देशन दिएका छन् ।

साथै आफ्नो क्षेत्रमा भइरहेको विकास निर्माण कार्यको निगरानी र आवश्यक सहजीकरण गरिदिन स्थानीयहरूलाई अनुरोध समेत गरेका छन् ।

पञ्चासे क्षेत्र जाने प्रमुख सडकका रूपमा रहेको उक्त सडकको स्तरोन्नतिका लागि विकास साझेदारसँग सम्झौता भइसकेको उल्लेख गर्दै उनले पोखरा महानगरपालिका उपलब्ध स्रोत साधनको उपयोग मार्फत समृद्ध महानगर निर्माणको दिशामा अगाडी बढिरहेको बताए। 

२१.९ मिटर लम्बाइको उक्त पुल ८.४ मिटर चौडाइको हुनेछ । यसको पूर्वाधार आरसीसी बक्स ब्रिज हुनेछ भने,  २०८३ पौष १३ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भदौरे निर्माण सेवाले पुलको ठेक्का पाएको छ । 

तीन करोड ७१ लाख लागत अनुमान गरिएको पुल उक्त निर्माण सेवाले दुई करोड ५७ लाख ६५ हजार चार सय ८४ रुपैयाँमा ठेक्का पारेको छ । पुल तोकिएको समयमा नै निर्माण सम्पन्न गर्ने कम्पनीले प्रतिबद्धता जाहेर गरेको छ । 

Copyright © 2024 | All rights reserved.