फागुन १८, २०८२, सोमबार

हेमजा युनाईटेडको निबन्ध लेखन प्रतियोगिता सम्पन्न, धवलागिरिकी याङसी अधिकारी प्रथम


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हेमजा युनाइटेडले आयोजना गरेको अन्तर विद्यालय स्तरीय आधारभूत तहगत निबन्ध लेखन प्रतियोगिता कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

“शान्तिको खोजीमा बुद्ध” विषयमा लेखिएको निबन्ध प्रतियोगितामा धवलागिरि बोर्डिङ स्कुलकी याङसी अधिकारी प्रथम , धवलागिरि बोर्डिङ स्कुलकै माधवी पौडेल दोस्रो , हेमजा बोर्डिङ स्कुलबाट एली शर्मा तेस्रो र हेमजा युनाईटेडकी सौरभि साही सान्त्वना  भएकी छिन् ।

विजेताले क्रमशः ३ हजार, २ हजार , १ हजार र सान्त्वनाले नगद रु ५०० सहित गौतम बुद्धको चित्र अङ्कित मायाको चिनो, प्रमाणपत्रका साथ सम्मान गरिएको थियो ।

कार्यक्रमकै बिच अन्य सहभागी विद्यालयका विद्यार्थीहरूलाई सहभागिताको प्रमाणपत्रका सम्मान  गरिएको युनाईटेका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक मनोज त्रिपाठीले जानकारी दिए । उक्त प्रतियोगिता निर्णयको भूमिकामा साहित्यकार एवं प्राध्यापक शिव त्रिपाठी रहेका  थिए ।

कार्यक्रम शुभकामना दिँदै गौरीशङ्कर मा।विका प्राचार्य अम्बर कुँवर, हेमजा बोर्डिङ स्कुलका सञ्चालक एवं प्रबन्ध निर्देशक माधव सरण पौडेल, ज्ञान सागर एकेडेमीका प्राचार्य शंकरमणि त्रिपाठी, धवलागिरि बोर्डिङकाका शिक्षक विनोद रेग्मी, दिव्य ज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिदानन्द त्रिपाठी  लगायते हेमजा युनाईटेले खेल सँगै पछिल्लो समय वार्षिक कार्यक्रमको क्यालेन्डर नै तय गरेर सामाजिक क्षेत्रमा पोखरा–२५, हेमजामा रहेका संस्थाहरू मध्यकै  एउटा उदाहरणीय संस्थाको रूपमा युनाइटेड लाई स्थापित गर्न सफल भएको उल्लेख गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.