0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा साताको पहिलो दिन आइतबार पनि सुनचाँदीको भाउ घटेको छ ।
गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा दुई हजार एक सय र चाँदी २५ रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य घटेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ६२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ हालसम्मकै उच्च पुस १३ मा प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो ।
यता, गत शुक्रबार प्रतितोला चार हजार पाँच सय २५ रुपैयाँमा कारोबार भएको असली चाँदी आइतबार चार हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको भाउ हालसम्मकै उच्च पुस १४ मा चार हजार आठ सय ९५ रुपैयाँ पुगेको थियो ।
Copyright © 2024 | All rights reserved.