माघ ०३, २०८२, शुक्रबार

स्याङ्जाली तमु समाजमा मनाइयो सामुहिक तमु ल्होसार


Advertisement Image
clock icon 1 week, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा  । स्याङ्जाको विभिन्न ठाउँबाट पोखरा महानगरपालिका वडा नं २६ मा वसोवास गर्दै आएका गुरुङ समुदायको साझा संस्था स्याङ्जाली तमु समाजले शनिबार विविध कार्यक्रमका साथ सामुहिक रुपमा ल्होसार पर्व मनाएका छन् ।

विसं २०५६ सालमा स्थापना भएको स्याङजाली तमु समाजले हरेक वर्ष जस्तै यस वर्ष पनि समाजभित्र रहेका एक सय ३५ घर धुरीको उपस्थितिमा सर्प वर्गलाई बिदाई गर्दै घोडा वर्गलाई स्वागत गर्दै नयाँ वर्ष रुपमा ल्होसार मनाएका हुन् ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले तमु ल्होछारलाई जनजातिको विशेष पर्वहरुका रुपमा संरक्षण गर्दै प्रवद्र्धनमा लाग्नु पर्ने सुझाव दिए ।

उनले नेपाल र नेपालीको सम्पत्ति भनेकै हामीहरूको भाषा, भेषभूषा र मौलिक संस्कृती भएकाले यसलाई जोगाई राख्नु हामी सवैको कर्तब्य भएको धारणा राखेका थिए ।

हामी जहाँ जन्मे पनि अहिले वसोवास गर्दै आएको ठाउँमा बसाईसराई ल्याएर अब यही वडालाई नमुना वडा बनाउन र यहाँको विकास निर्माणको काममा पनि सहकार्य गर्न अगाडि बढ्न आग्रह गर्दै अध्यक्ष थापाले भाषा र संस्कृतिको संरक्षणका लागि युवा पुस्तालाई अगाडि सानुपर्नेमा जोड दिएका थिए ।

पोखरा-२६ का वडासदस्य सुदीपराज ढुंगानाले तमु ल्होसार पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

गेसोका पूर्व सभापति पदमबहादुर गुरुङले वर्षैदेखि शोषणमा परेका नेपालीको मुक्ति आन्दोलनका लागि गेसोले आवाज उठाउँदै आएको प्रसंग उठाए ।

उनले अब नयाँ जोस जागर र उत्साहका साथ अगाडि बढ्ने प्ररणा ल्होसारले दिने र नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै आफनो मौलिक संस्कतीलाई जोगाई राख्नु हामी सवैको कर्तब्य भएको उल्लेख गरे ।

सोही अवसरमा लोकतान्त्रकवादी आदीवासी जनजाति महासंघ कास्कीका उापध्यक्ष राजु गुरुङले गुुरुङ्गहरूको आफनो भेषभूषा र भाषालाई संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले जनजातिको अधिकारलाई सविधानले पनि संरक्षण गरेको हुदाँ आफनो अधिकारलाई राज्यबाट प्राप्त गर्नु पर्नेमा जोड दिए ।

स्याङ्जाली तमु समाजका अध्यक्ष सुवेदार टौबहादुर गुरुङले आफ्नो भाषा, संस्कृतिसँगै ल्होसार जस्ता पर्वको मौलिकता जोगाउँन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला भएको बताए ।

संस्थाका निवर्तमान अध्यक्ष नेमबहादुर गुरुङले आफ्नो संस्कृती जोगाउन सबै गुरुङ समुदाय एकजुट भएर लाग्न पनि आग्रह गरेका थिए ।

कार्यक्रममा गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा रहेर उल्लेख्य काम गर्नेहलाई सम्मान गरिनुका साथै प्लस टु, स्नातक र स्नातकोत्तर गर्ने विध्यार्थी र समाजमा प्रवेश गरेका नयाँ सदस्य तथा आजीवन सदस्य र सहयोगदातालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गुरुङ पहिरनमा सजिएर गुरुङ साँस्कृतिक नाँच–गान प्रस्तुत गरेका थिए ।

तमु जातिले यो वर्षको ल्होसारलाई नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै आएका छन् ।

समाजका अध्यक्ष सुवेदार टौबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा आमा समूहकी अध्यक्ष कृष्णकुमारी गुरुङले स्वागत र सञ्चालन सचिव सुवेदार श्यामबहादुर गुरुङले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.