0
प्रतिक्रिया
पोखरा । संस्कृत युवा मञ्च नेपालको आठौं साधारण सभा तथा चौंथो अधिवेशन बुधवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले महेन्द्र पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा भवानी शंकर शर्मा, सचिवमा लक्ष्मण पौडेल, कोषाध्यक्षमा हरिप्रसाद कोइराला, सहसचिवमा अर्जुन पौडेल छन् ।
यसैगरी सदस्यमा गोपाल पराजुली, शुभेच्छित चापागाईं, गोकर्ण अधिकारी, सुवास निरौला, सोमनाथ शर्मा र राम प्रसाद पौडेल निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक गिरिधर आचार्यले जानकारी दिए ।
युवा मञ्चका अध्यक्ष विश्वराज सापकोटाको अध्यक्षता, विन्दुवासिनी संस्कृत क्याम्पस पोखराका पूर्वक्याम्पस प्रमुख प्राध्यापक डा. जगन्नाथ रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे ।
कार्यक्रममा उपाध्यक्ष महेन्द्र पौडेलले स्वागत तथा सचिव डिल्लीराम पौडेल (दिवाकर) ले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रेग्मीले सनातन हिन्दू धर्म माथि अहिले विभिन्न कोणबाट आक्रमण हुन थलेकोले यसलाई जोगाउन युवा मञ्च डटेर अगाडि बढ्नुपर्ने बताए ।
उनले युवा मञ्च जस्तो नाम छ, त्यस्तै अनुरूप अहार विहारको साथमा आफ्नो संस्कार र संस्कृतिलाई बचाउनको लागि अझै तीब्रताका साथ अगाडि बढ्न सकोस् भन्दै त्यस्ता कार्यमा हरदम आफ्नो साथ र सहयोग रहने समेत बताए।
कार्यक्रममा संस्थाका सल्लहकार डा. भोलानारायण रेग्मी, तलबाराही आरति सेवा समितिका उपाध्यक्ष जुना अधिकारी , संस्थाका संस्थापक अध्यक्ष राम प्रसाद सिग्देल, संस्थाका निवर्तमान आध्यक्ष रामकृष्ण अर्याललगायतले बोलेका थिए ।
कार्यक्रममा अध्यक्ष, सचिव तथा कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी सर्वसहमतिमा पारित गरिएको थियो।
Copyright © 2024 | All rights reserved.