माघ ०३, २०८२, शुक्रबार

आज कस्तो रहला देशभरको मौसम ?


Advertisement Image
clock icon 6 days, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । हाल नेपालको मौसमी प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण तराई र पहाडी भेगको जनजीवनमा केही परिवर्तन देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

विशेष गरी तराईका अधिकांश स्थानमा बिहानीपखदेखि लागेको बाक्लो हुस्सु र कुहिरो मध्यान्नसम्म कायम रहने देखिन्छ।

दिउँसोको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा आंशिक बदलीको अवस्था रहे पनि अन्य पहाडी तथा हिमाली भेगमा घाम लाग्ने र मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि तराईका केही स्थानमा हुस्सुको प्रभाव रहनेछ भने पहाडी र हिमाली क्षेत्रको आकाश भने सफा रहनेछ।

तराईमा बाक्लो हुस्सुका कारण दृश्यता कम भई सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

बढ्दो चिसो र हुस्सुको प्रभावबाट जोगिन न्यानो लुगा लगाउन र स्वास्थ्यको विशेष ख्याल राख्न चिकित्सकहरूले सुझाव दिएका छन्।

पहाडी भेगमा दिउँसो घाम लागे पनि बिहान र बेलुकाको तापक्रम निकै कम हुने भएकाले चिसोको असर देशभर नै महसुस भइरहेको छ।

Copyright © 2024 | All rights reserved.