माघ ०३, २०८२, शुक्रबार

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो


Advertisement Image
clock icon 6 days, 12 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको भाउ बढ्दा चाँदीको भने घटेको छ ।

शुक्रबार सुनको भाउ तोलामा दुई हजार एक सय बढ्दा चाँदीको ५५ रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६७ हजार आठ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको भाउ बिहीबार प्रतितोला दुई लाख ६५ हजार सात सय रुपैयाँ रहेको थियो ।

सुनको भाउ हालसम्मकै उच्च पुस १३ मा प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो ।

यता, बिहीबार प्रतितोला चार हजार आठ सय ३५ रुपैयाँमा कारोबार भएको असली चाँदी शुक्रबार चार हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ हालसम्मकै उच्च पुस २३ मा प्रतितोला चार हजार नौ सय ३५ रुपैयाँ पुगेको छ ।

Copyright © 2024 | All rights reserved.