0
प्रतिक्रिया
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेका कमजोरी र पार्टीभित्र रहेका समस्याको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने संकल्प गर्न विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन् ।
साथै उनले प्रत्यक्ष अप्रत्यक्ष रुपमा मुलुकलाई सहयोग गरिरहने तर सधैँ प्रताडना भोगिरहने वर्गलाई सम्मान गर्न विशेष महाधिवेशन आह्वान गरिएको बताए ।
पार्टीको दोस्रो विशेष महाधिवेशनमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।
उनले पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने उल्लेख गर्दै नयाँ सोच र संकल्प लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले असन्तुष्टि, अस्थिरता र द्वन्द्वको पृष्ठभूमिमा पनि कांग्रेसको नेतृत्वमा मुलुकमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धी भएको दाबी गरे ।
उनले भदौ २३ र २४ गते भएका घटनालाई अलगअलग रूपमा हेर्नुपर्ने भन्दै अब सद्भाव, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न जरुरी रहेको स्पष्ट पारे ।
Copyright © 2024 | All rights reserved.