0
प्रतिक्रिया
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस दास र लासको पार्टी नभएको बताएका छन् ।
भृकुटीमण्डपमा पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस दास र लासहरूको पार्टी नभएको बताएका हुन् ।
उनले भने, 'कांग्रेस दास र लासको पार्टी होइन, हामी ज्यूँदाहरूको पार्टी हो ।'
'कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवफ पनि दिन सक्दैन´, महामन्त्री थापाले भने ।
महामन्त्री थापाले कांग्रेसप्रति जनताको भरोसा रहेको बताउँदै चुनाव भन्दा पनि अहिले ब्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनु पर्ने बताए ।
`चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले सिस्टम र संविधान जोगाउनु पर्ने छ, त्यो भन्दा बढी जनताको भरोसा जोगाउनु पर्ने छ', थापाले भने।
Copyright © 2024 | All rights reserved.