0
प्रतिक्रिया
काठमाडौँ। नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको विशेष महाधिवेशनमा २०४७ को संविधान र राजतन्त्रबारे पुनर्विचार गर्नुपर्ने विषय प्रवेश गराएका छन् ।
सभापति शुक्रराज शर्माले कांग्रेसलाई कम्युनिस्ट मुक्त बनाउँदै राजतन्त्रबारे पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।
प्रजातन्त्रको ठाउँमा लोकतन्त्र हुन नसक्ने भन्दै उनले कांग्रेसले कहिल्यै पनि लोकतन्त्रका लागि नलडेको स्पष्ट पारे ।
उनले भने, ‘आज म अनुरोध गर्न चाहन्छु । पहिलेको जस्तो कांग्रेस बनाउनुपर्छ । वीपी, गणेशमान, गिरिजाले नेतृत्व गरेको कांग्रेस बनाउनुपर्छ ।’
उनले कांग्रेसमा तीन विषय परिवर्तन गर्नुपर्नेमा जोड दिँदै नीतिगत सुधार, कार्यगत सुधार र नेतृत्वको सुधार गर्नुपर्नेमा जोड दिए ।
कांग्रेसमा कम्यनिस्टको गन्ध आएको र कम्युनिस्ट नभई हिँड्नै नसक्ने कांग्रेसको अवस्था फेर्नुपर्ने बताएका हुन्।
‘कम्युनिस्ट नभई हिँड्न नसक्ने अवस्था आयो। त्यसकारण आजको अधिवेशनले कम्युनिस्ट मुक्त कांग्रेस बनाउनुपर्नेछ। नेपाली कांग्रेस एक्लै चार तारे झन्डा लिएर जनताका माझमा जानुपर्ने अवस्था निर्माण गर्नुपर्छ,’ उनले भने।
उनले ०६१ सालसम्म कांग्रेसले अवलम्बन गरेको सिद्धान्तलाई पुनः अवलम्बन गर्ने अवस्था बनाउनुपर्नेमा जोड दिए ।
Copyright © 2024 | All rights reserved.