माघ ०३, २०८२, शुक्रबार

कस्तो रहला आज देशभरको मौसम ?


Advertisement Image
clock icon 3 days, 15 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। नेपालको उपल्लो वायुमण्डलमा विकसित न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लाग्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम हाल मुख्यतया सफा रहे पनि तराईमा भने कुहिरोका कारण दृश्यांश कम भई जनजीवन प्रभावित हुन सक्ने देखिएको छ।

आज दिउँसो र राति देशका पहाडी तथा हिमाली भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यद्यपि, तराईका अधिकांश स्थानमा दिउँसो बाक्लो हुस्सु लाग्ने र राति पनि केही स्थानमा कुहिरो कायम रहने महाशाखाले जनाएको छ।

चिसो बढ्दै गएको र तराईमा हुस्सुको प्रभाव रहने भएकाले सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन र स्वास्थ्यको ख्याल गर्न मौसमविद्हरूले सुझाव दिएका छन्।

पहाडी क्षेत्रमा भने घाम लाग्ने भएकाले मौसम अनुकूल रहने देखिएको छ।

Copyright © 2024 | All rights reserved.