माघ ०३, २०८२, शुक्रबार

कस्तो रहला आज देशभरको मौसम ?


Advertisement Image
clock icon 2 days, 16 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।

यसका कारण सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश क्षेत्रमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ। अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने देखिएको छ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

कर्णाली र सुदूरपश्चिमका उच्च भूभागमा सामान्य बादल देखिए पनि बाँकी देशको मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा पनि तराईका केही क्षेत्रमा हुस्सुको प्रभाव रहने र पहाडी तथा हिमाली भेगमा भने आकाश खुला रहने पूर्वानुमान गरिएको छ।

बाक्लो हुस्सु र कुहिरोका कारण दृश्यात्मकता कम हुने भएकाले बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।

चिसोबाट बच्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन मौसमविद्हरूले सर्वसाधारणमा अनुरोध गरेका छन्।

Copyright © 2024 | All rights reserved.