0
प्रतिक्रिया
पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ३८ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ माटेथरका ५० वर्षीय सूर्यबहादुर रोका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रशन्नराज चौधरीका अनुसार रोकाले गत साउन २५ गते ती महिलालाई जवरजस्ती करणी गरेका थिए ।
पीडितले यही पुस २६ मा रोकाविरुद्ध जाहेरी दिएपछि प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरू गरेको थियो ।
लुकिछिपी बस्दै आएका रोकालाई २६ गते साँझ नै पक्राउ गरेर स्याङ्जा सोमबार जिल्ला अदातलबाट सात म्याद थप गरेर थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाइएको डीएसपी चौधरीले जानकारी दिए ।
यता, म्याग्दीको मालिकामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।
मालिका गाउँपालिका वडा नं २ सालेका ५० वर्षीय फरम बिकलाई प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको हो।
ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय दर्बाङबाट खटिएको टोलीले बिकलाई घरैबाट पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे थप विवरण संकलन गर्ने र कानूनी प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको जानकारी दिएको छ।
Copyright © 2024 | All rights reserved.