फागुन १८, २०८२, सोमबार

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

सोमबार प्रतितोला दुई लाख ७४ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर मंगलबार दुई लाख ७६ हजार पाँच सय रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा एक सय ४५ रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

योसँगै असली चाँदीको मूल्य प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँ पुगेको छ ।

सोमबार चाँदीको मूल्य पाँच हजार एक सय ९५ रुपैयाँ रहेको थियो ।

Copyright © 2024 | All rights reserved.