माघ ०३, २०८२, शुक्रबार

आज पनि बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 day, 12 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ७८ हजार पुगेको छ । सुनको यो मूल्य इतिहासकै उच्च हो ।

यसै साताको आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ रहको सुनको भाउ त्यसपछि निरन्तर बढेको हो ।

सोमबार प्रतितोला दुई लाख ७४ सात सय र मंगलबार दुई लाख ७६ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यता, असली चाँदीको भाउ उच्च दरले बढेको छ । बुधबार एकैदिन तोलामा तीन सय १५ रुपैयाँले चाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बुधबार मूल्य बढेसँगै चाँदी प्रतितोला पाँच हजार छ सय ५५ रुपैयाँ पुगेको छ ।

चाँदीको यो मूल्य पनि इतिहासकै उच्च हो ।

चाँदी अघिल्लो दिन मंगलबार पाँच हजार तीन ४० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2024 | All rights reserved.