माघ ०३, २०८२, शुक्रबार

गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई पाँच वर्ष निलम्बन


Advertisement Image
clock icon 1 day, 7 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन कुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्ष निलम्बन गर्ने निर्णय गरेको छ।

बैठकमा सहभागी केन्द्रीय सदस्य दिनेश कोइरालाका अनुसार महामन्त्रीद्वयले पार्टी विभाजनको रेखा कोरेको भन्दै संस्थापन पक्षले आज बहुमत केन्द्रीय सदस्यहरूको उपस्थितिमा यस्तो निर्णय लिएको हो ।

आज बिहानमात्रै देउवाले पार्टी फुटबाट जोगाउनको लागि अधिकतम् प्रयास गरेका थिए ।

विशेष महाधिवशेन पक्षधर भने उम्मेद्वारी दर्ता सकाएर मतदानको प्रक्रियामा पुगिरहेको अवस्था छ ।

सभापतिमा गगन थापाको एकल उम्मेद्वारी परेकोले उनी निर्विरोध हुने भएका छन् ।

यही सन्दर्भमा संस्थापन पक्ष उनीहरूमाथि कारबाहीको पक्षमा निर्मम भएर उभिएको हो ।

उनीहरूलाई कारबाही गरेसँगै संस्थापन पक्ष भने यो निर्णय लिएर निर्वाचन आयोग पुगेको छ ।

पार्टीभित्रको विवाद अब निर्वाचन आयोगसमक्ष पुग्ने भएपछि संस्थापन पक्षधर नेता तथा कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।

विशेष महाधिवेशनबाट निर्णय गरेर अघि बढ्ने गगन थापाको प्रतिक्रिया छ ।

Copyright © 2024 | All rights reserved.