माघ ०३, २०८२, शुक्रबार

आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै


Advertisement Image
clock icon 3 hours, 23 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।

विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।

कतिपयका घर अझै बनेका छैनन् । सरकारी सम्पत्ति पनि अझै बनेको छैन भने लाखौँले बसोबास नै बदल्नु पर्ने स्थिति आएको छ ।

सचेतना नभएकै कारण ठूला ठूला महल बन्न रोकिएका छैनन् ।

कमजोर भूमिलाई प्लटिङ गरेर बेच्दा सहरमा समस्या आएको छ भने ग्रामिण भेकका कमजोर जमीन भएका बस्तीलाई व्यवस्थित गर्न सकिएको छैन ।

Copyright © 2024 | All rights reserved.