माघ ०३, २०८२, शुक्रबार

घट्यो पेट्रोलियम पदार्थको मूल्य


Advertisement Image
clock icon 2 hours, 59 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

घटेको मूल्य गएराति १२ बजेदेखि लागू भएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको हो ।

यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ ।

निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ रुपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।

Copyright © 2024 | All rights reserved.