माघ ०३, २०८२, शुक्रबार

विशेष महाअधिवेशन वैधानिक, दस्तखत फिर्ताले केही असर गर्दैनः कांग्रेस


Advertisement Image
clock icon 3 hours, 54 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाली कांग्रेसले एक पटक वैधानिक रूपमा सम्पन्न भएको महाधिवेशनको निर्णयलाई पछिको हस्ताक्षर फिर्ताले रद्द गर्न नसकिने जनाएको छ ।

दस्तखत फिर्ता भएको भनिएको प्रचार राजनीतिक प्रयोजनका लागि फैलाइएको भ्रामक भएको सो पार्टीले दाबी गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यमहरूले प्रतिनिधिहरूले दस्तखत फिर्ता लिएको दाबी गरेकोले त्यसको सत्यता र वैधानिक प्रभाव स्पष्ट पारेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘अधिवेशन दर्ता हुँदा दुई हजार चार सय ८८ प्रतिनिधिको हस्ताक्षर संलग्न थियो र त्यसपछि केवल २९ प्रतिनिधिले दस्तखत फिर्ता लिएका थिए। अधिवेशनमा कुल चार हजार छ सय ३५ प्रतिनिधिमध्ये दुई हजार छ सय ५२ जना उपस्थित थिए र सबैले निर्णय प्रक्रियामा सक्रिय सहभागिता जनाएका थिए ।’

कांग्रेसको विशेष महाधिवेशन गत पुस २७ देखि शुरू भएर ३० गते गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएको थियो ।

यससँगै नेपाली कांग्रेसले थापासहित तीन नेतालाई पाँच वर्षका लागि निलम्वन गरेकामा विशेष महाधिवेशनले खारेज गरेको थियो ।

अहिले कांग्रेसका दुवै पक्षले आधिकारिकताका लागि दुवै पक्षले निर्वाचित आयोगमा दावी पेश गरेको छ ।

Copyright © 2024 | All rights reserved.