फागुन १८, २०८२, सोमबार

निर्वाचन आयोगबाट मान्यता नपाए देशव्यापी आन्दोलन गर्ने खड्काको चेतावनी


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले निर्वाचन आयोगबाट आफूले आधिकारिक मान्यता नपाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।

आज केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्दै उक्त पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आन्दोलनका लागि तयार रहन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन समेत दिए।

त्यसअघि शुक्रबार बिहान खड्कालगायतका नेता निर्वाचन आयोग गएर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आफ्ना तर्क प्रस्तुत गरेका थिए।

गत बुधबार राति पार्टीको विशेष महाधिवेशन पक्षधरले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनाएपछि दुवै पक्षले आफूले वैधानिक मान्यता पाउनुपर्ने दाबी गरेका छन्।

Copyright © 2024 | All rights reserved.