0
प्रतिक्रिया
काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा पैसा लेनदेन भएको पाइए कडा कारबाही हुने चेतावनी दिएका छन् ।
शुक्रबार राजनीतिक दलहरूसँग निर्वाचन आचारसंहितासम्बन्धी छलफलमा उनले सो कुरा बताएका हुन् ।
उनले निर्वाचन आचारसंहिता पालना गराउन आयोगले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।
उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सबै राजनीतिक दल र पक्षलाई आग्रहसमेत गरे ।
उनले मुलुकको अर्थतन्त्रलाई समेत ध्यानमा राखेर निर्वाचनमा खर्च गरिदिन पनि विभिन्न राजनीतिक दल, त्यसका उम्मेद्वारलाई आग्रह गरे ।
निर्वाचन आयोगले उम्मेद्वारहरूले खर्च गर्न पाउने सीमा निर्धारण गरेकाले सोही अनुसार पालना हुने विश्वास पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।
Copyright © 2024 | All rights reserved.