माघ ०५, २०८२, आइतबार

राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि


Advertisement Image
clock icon 9 hours, 41 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन आज बिहान ११ बजेदेखि शुरू हुँदैछ।

जेन-जी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवन जलेर ध्वस्त भएकाले संघीय संसद् सचिवालयले यसपटक सिंहदरबारमा बैठक सञ्चालनको विशेष तयारी गरेको छ।

अधिवेशनको पहिलो बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

साथै, बैठकले हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव समेत प्रस्तुत गर्नेछ।

मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिस बमोजिम राष्ट्रपतिले संविधानको धारा ९३ (१) अनुसार यो अधिवेशन आह्वान गरेका हुन्।

यसै सन्दर्भमा, निर्वाचन आयोगले आगामी माघ ११ गते रिक्त हुने १९ सिटका लागि राष्ट्रियसभा निर्वाचनको तयारी गरिरहेको छ, जसमा एक जना सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिनिधिसभा निर्वाचनको सरगर्मी र राष्ट्रियसभामा नयाँ सदस्यहरूको आगमनको पूर्वसन्ध्यामा शुरू भएको यो अधिवेशनलाई राजनीतिक रूपमा निकै महत्त्वका साथ हेरिएको छ।

Copyright © 2024 | All rights reserved.