0
प्रतिक्रिया
काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू भएको छ ।
तीन ओटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् । दुई समूहमा विभाजन गरेर खेलाइएको छ ।
समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्सको यात्रा तय गर्नेछन् । सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपको ढोका खेल्नेछन् ।
नेपालले अहिले थाइल्याण्डसँग खेलिरहेको छ । कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
नेपालले उत्कृष्ट शुरूआत गर्ने क्रममा पहिलो विकेटका लागि ५१ रनको साझेदारी गर्यो । सोनु खड्का ११ बलमा २६ रन बनाएर आउट भइन् ।
त्यस्तै मूलपानीको मैदानमा बंगलादेश र अमेरिका भिडिरहेका छन् । खेलमा बंगलादेशले पहिले ब्याटिङ गरिरहेको छ ।
नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै नेदरल्यान्ड्स, जिम्बाम्बे, थाइल्यान्ड र स्कटल्यान्ड छन् । अर्को समूहमा बंगलादेश, अमेरिका, पपुवा न्यूगिनी, आयरल्याण्ड र नामिबिया रहेका छन् ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दू वर्माले घरेलु मैदानमा हुने विश्वकप छनोटका लागि आफ्नो टोली तयार रहेको बताएकी छन् ।
उनले सबै खेलाडी यो प्रतियोगिताका लागि तयार र उत्साहित रहेको पनि बताइन् ।
यो प्रतियोगिताका लागि लामो समयदेखि प्रतीक्षा गरिरहेको उल्लेख गरेकी छन् । आगामी पुस्ताका लागि यो प्रतियोगिताले राम्रो वातावरण मिल्ने उनको आशा छ ।
Copyright © 2024 | All rights reserved.