माघ ०५, २०८२, आइतबार

राति १२ बजेदेखि लागू हुँदै निर्वाचन आचारसंहिता


Advertisement Image
clock icon 2 hours, 5 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् ।

आशन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेद्वारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आइतबार प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी हुन् ।

उक्त छलफलमा निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आयोगका तर्फबाट आचारसंहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो ।

जसअनुसार, निर्वाचन आचारसंहिता राति १२ बजेबाट लागू हुनेछ।

आयोगको आइतबार बसेको बैठकले निर्वाचन आचारसंहिता राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरू, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति थियो।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यही माघ ६ गते प्रत्यक्षतर्फको उम्मेद्वारी मनोनयन गर्नुपर्ने कार्यतालिका छ।

Copyright © 2024 | All rights reserved.