माघ २२, २०८२, बुधबार

मतदाताको नजरमा कांग्रेस उम्मेद्वार तिलक रानाभाट


Advertisement Image
clock icon 1 week, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्की क्षेत्र नं १ मा कांग्रेसका युवा नेता तिलकबहादुर रानाभाटले उम्मेद्वारी दिएसँगै चर्चा शुरू भएको छ ।

मिलनसार र सहयोगी मनका धनी व्यक्तित्व उम्मेद्वारका रुपमा पाउँदा कांग्रेसी नेता कार्यकर्ता मात्र होइन मतदाता पनि हर्षित छन् ।

रानाभाट वैदेशिक रोजगार व्यवसायी हुन् र पार्टीको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् ।

राजनीतिक रूपमा रानाभाट २०४८ सालदेखि कांग्रेसको राजनीतिमा अविच्छिन्न सक्रिय रहेर काम गर्दै आएका छन् ।

उनको चुनावी ब्याकग्राउन्डमा पार्टी संगठन र स्थानीय व्यापार सञ्जालमा आधारित सापेक्षिक जनसमर्थन रहेको जनाइएको छ ।

कास्की-१ लाई कांग्रेसको बलियो जनाधार भएको क्षेत्र मानिन्छ । यसैका आधारमा पनि रानाभाटले चुनाव जित्ने अनुमान हुन थालेको छ ।

कांग्रेस यस क्षेत्रमा परम्परागत रूपमा मजबूत संगठनात्मक उपस्थिति बोकेको दलमध्ये एक हो ।

पार्टी संरचना, भातृ संगठन तथा स्थानीय नेताहरूले सुसंगठित रूपमा चुनावी तयारी गरिरहेका छन् ।

रानाभाट एक व्यवसायी नेता हुन् यसले सामान्य मतदातामा केही सकारात्मक सन्देश दिन सक्ने आकलन छ ।

रानाभाट नेपाली कांग्रेसका नवप्रवेशी तर पार्टीभित्र सक्रिय नेता हुन्, जसले व्यापार र संगठनात्मक आधारबाट आफ्नो उम्मेद्वारी प्रस्तुत गरेका छन् ।

कास्की क्षेत्र नं १ का मतदाताका नजरमा तिलक रानाभाट

तिलकबहादुर रानाभाट अन्य उम्मेद्वारभन्दा भिन्न र नजिकका नेता लाग्छन्। उनी भाषणमा ठूला सपनामात्र बाँड्ने नेता होइनन्, स्थानीय समस्या सुन्ने र बुझ्ने धैर्य भएका व्यक्ति हुन् भन्ने अनुभूति धेरैलाई छ।

रानाभाटको सादगी र शिष्ट व्यवहार भएका नेता हुन् । गाउँ-टोलमा पुग्दा उनी औपचारिक नेताजस्तो दूरी बनाएर होइन, आफ्नै परिवारको सदस्यझैँ घुलमिल हुन्छन्।

मतदाताको गुनासो ध्यानपूर्वक सुन्ने, नोट गर्ने र “यो म गर्छु” भन्दा पनि “यसरी समाधान गर्न सकिन्छ” भनेर छलफल गर्ने शैलीले उनीप्रति भरोसा बढाउँछ।

उनको व्यावसायिक पृष्ठभूमि पनि मतदाताको नजरमा सकारात्मक पक्ष हो। वैदेशिक रोजगार र व्यवसायको अनुभव भएकाले रोजगारीको अभाव, युवाको विदेश पलायन, श्रमिकका समस्या जस्ता विषय उनी आफैंले भोगेका छन्। त्यसैले उनले यी मुद्दा भाषणका लागि मात्र होइन, आफ्नो जीवन अनुभवबाट उठाएको एजेन्डा जस्तो लाग्छ।

राजनीतिमा धेरै वर्ष बिताएका तर जनताबाट टाढा भइसकेका नेताको तुलनामा रानाभाट नयाँ ऊर्जा र व्यवहारिक सोच बोकेर आएका नेता देखिन्छन्।

उनले सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर बोल्नु, ठूला नाराभन्दा स्थानीय विकासका साना तर ठोस काममा जोड दिनु मतदातालाई मन परेको पक्ष हो।

अर्को महत्वपूर्ण कुरा, उनी अहंकारविहीन नेता जस्तो देखिन्छन्। जितेपछि पनि जनतासँग भेटघाट, संवाद र जवाफदेहिता कायम राख्ने प्रतिबद्धता उनको बोली र व्यवहार दुवैमा झल्किन्छ।

“सांसद भएँ भने सिंहदरबारमा मात्र होइन, गाउँमै बसेर काम गर्छु” भन्ने उनको भनाइ धेरै मतदाताको मन छुने खालको छ।

रानाभाट परिवर्तनको ठूलो नारा बोकेको चमत्कारी पात्र होइनन्, तर भरोसा गर्न सकिने, सुन्ने, बुझ्ने र क्रमशः सुधार गर्ने नेता हुन्। राजनीति सेवा हो भन्ने भावना उनको व्यवहारमा देखिन्छ। यही कारण उनी एक पटक अवसर दिनुपर्ने उम्मेद्वार हुन्।

Copyright © 2024 | All rights reserved.