माघ २२, २०८२, बुधबार

नेपाल आज नेदरल्याण्ड्ससँग भिड्दै


Advertisement Image
clock icon 1 week, 5 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।

खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे शुरू हुँदैछ ।

नेपाललाई अर्को चरण प्रवेशका लागि जित्नैपर्ने दबाब रहेको छ । यसअघि पहिलो खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएकाले पनि सुपर सिक्समा पुग्नका लागि नेपाललाई जित्नै पर्ने दबाब रहेको हो । बिहानै आयरल्याण्ड र अमेरिका मूलपानी मैदानमा भिड्दै छन् ।

समूह बीमा दुई खेल जितेर नेदरल्याण्ड्स र थाइल्याण्ड शीर्ष दुईमा रहेका छन् । स्कटल्याण्ड र नेपालले एक एक खेल खेलेर अंकविहीन छन् भने जिम्बाब्वेले दुवै खेल हारेको छ ।

समूह एमा बंगलादेशले दुवै खेल जितेको छ । आयरल्याण्ड र अमेरिकाले एक एक खेल जितेका छन् भने नामिबिया र पपुवा न्यूगिनी अंकविहीन छन् ।

तीन ओटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन् । दुई समूहमा विभाजन गरेर खेलाइएको छ ।

समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्सको यात्रा तय गर्नेछन् । सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपको ढोका खेल्नेछन् ।

नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै नेदरल्याण्ड्स, जिम्बाम्बे, थाइल्याण्ड  र स्कटल्याण्ड छन् ।

अर्को समूहमा बंगलादेश, अमेरिका, पपुवा न्यूगिनी, आयरल्याण्ड र नामिबिया रहेका छन् ।

Copyright © 2024 | All rights reserved.