0
प्रतिक्रिया
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसईईको समय तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट शुरू हुनेछ ।
तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।
संस्कृततर्फ सोही दिन अनिवार्य संस्कृत रचना र अंग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबी भाषा र अंग्रेजीको परीक्षा हुनेछ छ ।
दोस्रो दिन चैत २० गते शुक्रबार नेपाली, चैत २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि रहेको छ ।
२४ गते सामाजिक अध्ययन रहेको छ ।
२५ गते ऐच्छिक पहिलो र २६ गते ऐच्छिक दोस्रो विषय रहेको छ ।
परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.