0
प्रतिक्रिया
पोखरा । वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइँदैछ । आजको दिन साना साना बालबालिकाहरूलाई अक्षर चिनाउनेदेखि लिएर कुनै नयाँ कामको थालनीका लागि समेत राम्रो साइत मानिन्छ ।
पञ्चांगका अनुसार वसन्त पञ्चमी माघ महिनाको पञ्चमी तिथिमा मनाइन्छ । हिन्दू मान्यताका अनुसार यसै दिन देवी सरस्वतीको जन्म भएको थियो ।
यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्म भने गरिँदैन । सृष्टीको रचना गर्दा जब ब्रम्हाले जीवजन्तुहरू तथा मनुष्य योनीको रचना गरे, सबैतिर सन्नाटा छाएको थियो ।
उनलाई लाग्यो कि केही कुरा अपुरो छ । त्यसपछि उनले आफ्नो कमण्डलुबाट जल छर्किए, जसबाट चार हात भएकी एक सुन्दर स्त्री प्रकट भइन् ।
ती स्त्रीको एक हातमा वीणा तथा अर्को हात वर मुद्रामा थियो । बाँकी दुई हातमा पुस्तक र माला थिए । ब्रम्हाले देवीसँग वीणा बजाउने अनुरोध गरिन् । जसै देवीले वीणा बजाउन सुरु गरिन्, संसारका समस्त जीवजन्तुहरुमा आवाज भरियो ।
त्यसपछि ब्रम्हाले उनलाई ‘वाणीकी देवी सरस्वती’ नामाकरण गरे । ब्रम्हाले देवी सरस्वतीको उत्पत्ती वसन्त पञ्चमीकै दिन गरेकी थिइन् । त्यसैले हरेक वर्ष वसन्त पञ्चमीको दिन सरस्वतीको जन्म दिन मनाइन्छ ।
वसन्त पञ्चमीको दिन पहेँलो रंगको विशेष महत्व हुन्छ । पहेँलोलाई वसन्तको प्रतिक मानिन्छ । वसन्त ऋतुलाई सबै मौसमहरूमध्ये ठूलो मानिन्छ ।
यो मौसममा न गर्मी हुन्छ न जाडो, न बर्षा नै हुन्छ । रुख-बोटहर”मा ताजा फल र फूलहरू लाग्छन् । चारैतर्फ हेर्दा प्रकृति बेहुली झैं सिंगारिएको देखिन्छ ।
स्वास्थ्यको दृष्टिकोणले पनि यो ऋतु निकै अनुकुल मानिन्छ । मानिसका साथसाथै पशुपंक्षीहरूमा नयाँ चेतनाको सञ्चार हुन्छ । वसन्तलाई प्रेमको देवता कामदेवको मित्र मानिन्छ। यस ऋतुलाई काम बाणका लागि अनुकुल मानिन्छ । यो दिन पवित्र नदीहरूमा स्नानको विशेष महत्व हुन्छ ।
वसन्त पञ्चमीको दिन केही मानिसहरू कामदेवको पनि पूजा गर्छन् । पहिले–पहिले राजा हात्तीमा चढेर नगरको भ्रमण गर्दै देवालय पुगेर कामदेवको पूजा गर्थे । पौराणिक मान्यताअनुसार वसन्त कामदेवको मित्र हो । त्यसैले कामदेवको धनुष फूलले बनेको हुन्छ ।
जब कामदेवले तीर छोड्छन्, यसमा कुनै आवाज आउँदैन । त्यसैले आजको दिनलाई फुल तथा प्रेम र प्रकृतिसँग जोडेर पनि हेरिन्छ । यस दिन रतिको पनि पूजा हुन्छ ।
Copyright © 2024 | All rights reserved.