माघ २२, २०८२, बुधबार

टारी घैयाखेत टोल विकास संस्थाको अध्यक्षमा शर्मा


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ स्थित टारी–घैयाखेत टोलविकास संस्थाको दशौं साधारण सभा तथा पाँचौ अधिबेशनले २ वर्षे  कार्यकालमको लागि पार्वती कुमारी शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा दिपा भट्टराई, सचिवमा पार्वती क्षेत्री, कोषाध्यक्षमा लक्ष्मी तामाङ र सदस्यमा कुशल रानाभाट, हुम बहादुर भुजेल, शिव अधिकारी,मुना थापा, विष्णु माया पौडेल, सपना थापा र पार्वती शर्मा सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बराल टोलविकास संस्थाहरु भनेका वडाका अभिन्न अंग हुन्, टोलविकास संस्था तथा अन्य संघसंस्थाहरूले स्थानीय स्तरमा विकास निर्माण, सरसफाई लगाएतका कार्यहरुमा वडाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा संस्थाका अध्यक्ष गणेश बहादुर घर्ती क्षेत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दिपा भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रममा जेष्ठ नागरिकहरु तिलमाया भारती, सन्तु अधिकारी, वित्रा क्षेत्री, पर्वले पौडेल, चन्द्री पौडेल, रमादेवी पौडेल, रुकुमाया अधिकारी र संस्थापक अध्यक्ष मैना पौडेल, पुर्व अध्यक्षहरु गंगाबहादुर चपाई र लक्ष्मी अधिकारीलाई सम्मान गरिएको थियो ।

पोखरा २२ मा पर्ने रानीबनको नजिक रहेको टारी र घैयाखेत दुई टोल लाई समेटेर २०७३ सालमा स्थापना भएको टोल बिकास संस्थाले मासिक बचत कार्यक्रम संचालन गरी महिला उद्धमीलाई आय आर्जनमा सहयोग पुर्‍याउँदै आएको तथा कृयापुत्री भवन निर्माण लगायतका कार्यहरु गरेको संस्थापक अध्यक्ष मैना पौडेलले वताईन् । 

कार्यक्रममा संस्थापक अध्यक्ष मैना पौडेल, पुर्व अध्यक्ष गंगा प्रसाद चपाई, टारीखेत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रमाकान्ता पौडेल, जुनतारा आमा समूह घैयाखेतकी अध्यक्ष शान्ती भारती (ख), स्वतन्त्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष कृष्ण रानाभाट, पूर्व अध्यक्ष लक्ष्मी अधिकारी, पूर्व उपाध्यक्ष मदनकुमार मैनाली लगाएतले बोलेका थिए ।

कार्यक्रमको विच विचमा १२ वर्षिय रजिना चपाईले आकर्षक नृत्य गरेर सबैलाई मन्त्र मुग्ध बनाएकी थिइन् ।

संस्थाका अध्यक्ष गणेश बहादुर घर्तीक्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पार्वती कुमारी शर्माले र संचालन सचिव पार्वती क्षेत्रीले गरेकी थिइन् ।

Copyright © 2024 | All rights reserved.