माघ २२, २०८२, बुधबार

अञ्जुली सहकारीमा भीम गायक


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको बाटुलेचौरमा रहेको अञ्जुली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भीम गायक चयन भएका छन् ।

सहकारीको शनिबार सम्पन्न नवौं साधारण सभा एवं चौथो अधिवेशनले २ सदस्य पछि थप्ने गरी गायकको अध्यक्षतामा नौं सदस्यीय संचालक समिति गठन गरेका हो ।

सहकारीको प्रथम उपाध्यक्षमा ईन्द्र सुवेदी, द्वितीय उपाध्यक्षमा गुमादेवी गौतम, सचिवमा बैकुण्ठ पौडेल, कोषाध्यक्षमा होमबहादुर थापा र सदस्यमा बलराम गायक र लक्ष्मी अधिकारी चयन भए ।

कार्यक्रममा सहकारीका पुर्व उपाध्यक्ष स्वर्गीय क्याप्टेन अनिरुद्र थापालाई मरणोपरान्त सम्मान गरिएको छ ।

त्यस्तै उत्कृष्ट बचतकर्ता सम्मान यु आर एलका ठाकुरप्रसाद पन्त, उत्कृष्ट कारोवारी बलराम गायक, सीता थापा, दुर्गा कार्की र मिनु थापालाई पनि सम्मान गरिएको छ ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै प्राध्यापक कुञ्जराज थापाले देशको आर्थिक विकासमा सहकारी संस्थाले ठुलो योगदान पुर्याएको बताउँदै, सहकारीलाई समय सापेक्ष बनाउनुपर्ने बताए ।

सहकारीका अध्यक्ष दानबहादुर बाँनियाको अध्यक्षतामा भएको कार्यक्रममा बाटुलेचौर कालिलेक सहकारीका अध्यक्ष वसन्त तिमिल्सिना, युआरएलका ठाकुरप्रसाद पन्तलगायतले स्थानीय स्तरमा सहकारीले सकारात्मक प्रभाव पारेको बताए ।

सो अवसरमा अध्यक्ष बाँनिया, कोषध्यक्ष राम जिसी र लेखा समितिका संयोजक मोहन सुनारको वार्षिक प्रतिवेदन सभाले पारित गर्र्यो ।

उपाध्यक्ष सीता थापाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव भीम गायकले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.